STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ग्लोबल नेपाल नेटवर्कद्वारा दबुलि नेपाललाई आर्थिक सहयोग

Janjati Khabar – जनजाति खबर | २०७५ श्रावण ३०, बुधबार

यहि आउने भाद्र २ गते देखि भारतका बिभिन्न राज्यमा बसोबास गर्नुहुने नेवार दाजु भाई दिदीबहिनीहरुलाई नेवार संस्कृतिको प्रशिक्षक र प्रशिक्षण कार्यक्रमको लागि आयोजक दबुलि नेपाललाई ग्लोबल नेपाल नेटवर्कले नेरु २५,००० हजारको आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रम यहि आउँदो भाद्र २ गते बिहान ८ बजे थिमिको विनायक शिक्षा निकेतन स्कूलमा हुन लागेको कुराको जानकारी आयोजकले बताउनु भएको छ । ‘युवा हामी उठेर संस्कृति सरंक्षण र सम्वर्द्धन गरौं’ भन्ने नारा बोकेर संस्कृति र सम्वर्द्धनको लागि दबुलि नेपालको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा भारतका बिभिन्न राज्यमा बसोबास गर्नु हुने नेवारहरु नेपाल आउन लाग्नु भएको हो l उक्त कार्यक्रम एक महिना सम्म हुने कुराको जानकारी दबुलि नेपालका संयोजक गणेश राम लाछिले बताउनु भएको छ l भारतका राज्यहरु पश्चिम बंगाल, सिक्किम, आसाम, अरुणाञ्चल, मेजुरुम, मणिपुर, नागाल्याण्ड, मेघालयका साथै भुटानका नेवारहरुलाई नेपाल भाषा , लिपि, ब्याकरण, संस्कृति–संस्कार, प्याखं, बाजं आदिं एक महिना सम्म निःशुल्क प्रशिक्षण दिने कार्यक्रमको व्यवस्था दबुलि नेपालले गरेको छ । उक्त कार्यक्रम एक महिना सम्म हुने कुराको जानकारी दबुलि नेपालका संयोजक गणेश राम लाछिले बताउनु भएको छ । भारतका राज्यहरु पश्चिम बंगाल, सिक्किम, आसाम, अरुणाञ्चल, मेजुरुम, मणिपुर, नागाल्याण्ड, मेघालयका साथै भुटानका नेवारहरुलाई नेपाल भाषा , लिपि, ब्याकरण, संस्कृति–संस्कार, प्याखं, बाजं आदिं एक महिना सम्म निःशुल्क प्रशिक्षण दिने कार्यक्रमको व्यवस्था दबुलि नेपालले गरेको छ ।
Categorized in राष्ट्रिय