STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गोठाटार गोलीकाण्ड : मृतकको शरीरमा चार गोली

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ४, मंगलबार

काठमाडौं - गोठाटारमा अपरिचित समूहबाट गोली हानी हत्या गरिएका लाल मोहमदको शरीरमा चार वटा गोली लागेको पाइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा सोमबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा गोली लागेको पाइएको हो ।

अस्पताल स्रोतका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक/एक राउण्ड गोली लागेको छ । सोमबार बेलुकी साढे ६ बजे मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले उनलाई गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । जोरपाटीबाट फ्याक्ट्रीको सामान लिएर आउँदा कारबाट ओर्लिने वित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । 

Categorized in अपराध-दुर्घटना