STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गैरआवासीय नेपाली खेलाडीको सहभागिता

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ एनआरएन खेलाडीले सहभागिता जनाउने भएका छन् । गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन् । सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स ९युएई०, मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक राष्ट्रिय खेलकूदमा एनआरएन खेलाडीले सहभागिता जनाउन लागेका हुन् । सङ्घका अनुसार आठौँ खेलकूदमा प्रतिस्पर्धा गर्ने खेलाडीमा कराँतेको कुमुते पुरुषतर्फ विजय तामाङ ९५० केजी मुनि०, लक्ष्मण मगर ९५५ केजी मुनि०, उत्तम गुरुङ ९६० केजी मुनि०, ननबहादुर थापा ९६५ केजी मुनि०, जनकसिंह खड्का ९७५ केजी मुनि०, नोर्बु तामाङ ९८४ केजी मुनि०, लोकमानसिंह श्रेष्ठ ९८४ केजीमाथि० रहेका छन् । त्यसैगरी टिम कुमुतेतर्फ कुमार भुसाल, लोकबहादुर श्रेष्ठ, रामबहादुर तामाङ, जनकसिंह खड्का, लोकमान सिंह श्रेष्ठ, महिला कुमुतेतर्फ शान्तिदेवी अधिकारी ९६८ केजी मुनि०, कराँतेको कातातर्फ विमला तामाङ, फुल कन्ट्याक्ट कराँतेमा अविरल घिमिरे ९७० केजी०ले प्रतिष्पर्धा गर्नेछन् । त्यसैगरी जुडोमा मोहन बम ९६० केजी०, बक्सिङमा प्रचण्ड केसी ९५६ केजी०, टेनिस एकलमा अमृत पौडेल, संरक्षक बज्राचार्य, टेनिस युगलमा अमृत पौडेल र संरक्षक बज्राचार्यले प्रतिष्पर्धा गर्नेछन् । गल्फतर्फ लपकुमार गुरुङ ९एकल०, ब्याडमिन्टनमा बिक्की बुढा, सूर्य गिरी, हीरालाल श्रेष्ठ ९एकल० र सूर्य गिरी, हीरालाल श्रेष्ठ ९युगल० तथा एथ्लेटिक्समा नारी चन्द ९फुल म्याराथन०, तेक्वान्दोमा नवीन श्रेष्ठ ९६८ केजी मुनि०, पुष्प थापामगर ९६७ केजी०मा प्रतिष्पर्धा गर्नेछन् । आठौँ राष्ट्रिय खेलकूद चैत अन्तिम साताबाट हुने बताइएको भएपनि मिति तोकिएको छैन ।
Categorized in खेलकुद