STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गुठीको सांस्कृतिक काममा महानगरपालिकाको अपनत्व

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १३, बुधबार

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभएको छ । महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका कतिपय गुठी खलःका सदस्यहरूले सामुहिक रूपमा जग्गा खरिद गर्न थालेको र त्यहाँ महानगरपालिकाले सांस्कृतिक प्रयोजनका भवन बनाइदिएको पनि उहाँले बताउनुभयो ।

उहाँले पहिले पहिले गुठीहरूले आफ्नै पहलमा गर्ने कार्यहरू अहिले स्थानीय सरकारले जिम्मा लिई गर्न थालेको  र यहाँका संस्कृति सम्पदाहरू संरक्षणलाई काठमाडौं महानगरपालिकाले अपनत्व ग्रहण गर्दै यो काम शुरु गरेको हो भनि भन्नु भयाे ।

कामपा २१ वडास्थित तःबहालमा विभिन्न देवीदेवताहरू र तुंफः पुनर्निर्माण गरी हिजो गरिएको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै उहाँले संस्कृति सम्पदा संरक्षण कार्यमा काठमाडौं महानगरपालिकाले चलाइरहेको काममा सहयोग गर्न अहिले बागमती प्रदेश सरकार पनि अघि बढेको छ र काठमाडौंमा सांस्कृतिक वाद्यवादन खरिद गर्न प्रदेश सरकारले ३ करोड रुपैयाँ छुट्याएकोले प्रदेश सरकार लगायत यसमा पहल गर्नुहुने सबै प्रदेशसभा सदस्यज्यूहरूलाई धन्यवाद पनि दिनु भयो ।

कामपा २१ वडा कार्यालय र स्थानीय तःबहाः पुचःको संयुक्त प्रयासमा उक्त तुंफः र मूर्तिहरू पुनस्र्थापना गरिएको हो ।

लगनका स्थानीयवासीका लागि बनाउन लागिएको लगन पार्कलाई एक जनाको उजुरीको भरमा रोकिएको जनाउँदै उहाँले अहिले कोरोनाको कारण देखाएर यो मुद्दालाई पेशीमा नचढाईकन रोकिएको पनि बताउनुभयो ।

Categorized in उपत्यका