STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गुजरातमा फुटपाथमा सुतेकालाई ट्रकले कुल्चँदा १३ जनाको मृत्यु, सात गम्भीर घाइते

Janjati Khabar – एजेन्सी | २०७७ माघ ६, मंगलबार

भारतको गुजरात राज्यको सुरतमा ट्रकले कुल्चदा १३ मजदुरको मृत्यु भएको छ । साथै, सो दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् । 

घटनास्थलमै १२ र एक जनाको उपचारका क्रममा  भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । दुर्घटनामा पर्नेमा सबै राजस्थानको बान्सावाराका हुन् । 

उखु बोकेको ट्याक्टरसँग ठोक्किएका ट्रकका चालकले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना हुनपुगेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । प्रहरीका अनुसार ट्रक उखु भरिएको ट्र्याक्टरसँग ठोक्किएको हो । त्यसपछि ट्रकका ड्राइभरले नियन्त्रण गुमाएको र ट्रक फुटपाथमा चढेको हो ।  

बचे छ महिनाकी बालिका

दुर्घटनाका बेला ६ महिनाकी बालिका पनि आमा–बुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि उनी शवको बीचमा थिइन् । प्रहरीले उनलाई तत्काल अस्पताल पुर्याएको छ । 

मृतकमध्ये एक राकेश रुपचन्द दुर्घटना स्थलभन्दा केही पर एक पसलमा काम गर्दथे । उनी हरेक दिन पसल नजिकैको एक क्याबिनमा सुत्दथे तर सोमबार उनी क्याबिनमा सुत्नुको साटो मजदुरसँग फुटपाथमा सुतेका थिए र ट्रक दुर्घटनाका कारण उनको मृत्यु भयो । ट्रकको ठक्कर ४–५ वटा पसलमा पनि क्षती पुगेको छ । 

 

Categorized in अन्तर्राष्ट्रिय