STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायक भीम तुलाधरलाई मातृशोक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २७, शुक्रबार

काठमाडौं– गायक भीम तुलाधरलाई मातृशोक परेको छ ।

गायक भीम तुलाधरकी आमा दानलक्ष्मी तुलाधरको बिहिबार निधन भएको गायक सञ्जय श्रेष्ठले जानकारी दिनु भएको छ ।

उहाँ ९१ वर्षको हुनु हुन्थ्यो ।

गायक श्रेष्ठका अनुसार दानलक्ष्मी तुलाधरको ब्रेन स्ट्रोकका कारण निधन भएको हो ।

उहाँको आज शुक्रवार अन्तिम संस्कार गरिएको छ ।

उहाँको हिजो बिहिबार दिउँसो २ बजे मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, सितापाईलामा उपचारकै क्रममा निधन भएको गायक भीम तुलाधरले जानकारी दिनु भएको छ ।

दिवंगत दानलक्ष्मी तुलाधरका सात छोरा तथा दुई छोरी हुनुहुन्छ ।

गायक भीम तुलाधरका बुवा शुभ रत्न तुलाधरको ८८ वर्षको उमेरमा २०७२ सालमा निधन भएको थियो ।

Categorized in व्यक्तित्व