STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गाईजात्राको दिन काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १३, बुधबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ । 

आज बुधबार एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । 

सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको उल्लेख छ । 

notice

Categorized in उपत्यका