STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गण्डकी प्रदेशमा सरकार जोगाउन कांग्रेस सफल

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २८, सोमबार

काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । उनले आफ्नो पक्षमा ३१ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भएका हुन् । 

माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेका थिए । 

देवकोटाले माओवादी केन्द्रको संसदीय दलको ह्विप लत्याउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनले बहुमत सिद्ध गरेका हुन् ।  

Categorized in राजनीति