STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गठबन्धनमा चित्त बुझ्दो सिट नपाए जसपाले विकल्प खोज्ने

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १६, आइतबार

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)ले सत्ता गठबन्धनमा चित्त बुझ्दो सिट नपाए अन्य विकल्प खोज्ने निर्णय गरेको छ।

पार्टीको शनिबार जारी केन्द्रीय कार्यकारीणी बैठकले सत्ता गठबन्धनमा सन्तोषजनक अवस्था नभएकोले अन्य राजनीतिक दलसँग चुनावी तालमेल गर्ने वा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिए।

गठबन्धनमा सम्मानजनक र चित्त बुझ्दो स्थान नपाए अन्य दलसँग तालमेल गर्ने र त्यो पनि संभव नभए एक्लै चुनाव लड्ने निर्णय भएको उनले बताए । जसपाले मधेसमा २० सीट दावी गरेकोमा १६ सीटमात्रे पाउने भएको छ। गठबन्धनले लगाएको भागबण्डामा जसपा असन्तुष्ट छ।

Categorized in राजनीति