STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खोप माग्दै यातायात व्यवसायीले दिए धर्ना

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

कोभिडविरुद्धको खोपलगायतका विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् ।

यातायातक्षेत्र कोभिडको उच्च जोखिम भएको र सबैभन्दा धेरै असर परे पनि सरकारले वास्ता नगरेको कारण आन्दोलित हुन बाध्य भएको सार्वजनिक यातायात केन्द्रीय महासघं नेपालका अध्यक्ष दोलनाथ खनालले जानकारी दिए ।

‘हामीले एक हप्ताअघि नै प्रधानमन्त्री कार्यालय, यातायात मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, नेपाल राष्ट्र बैंकमा आफ्ना मागहरू राखेर ज्ञापनपत्र बुझाएका थियौँ । तर, हाम्रो मागप्रति चासो नदेखाइका कारण हामी धर्नामा बसेका हौँ,’ उनले भने ।

व्यवसायीहरूले खोपको व्यवस्था हुनुपर्ने, यातायात बीमा छुट वा समायोजन हुनुपर्ने, कागजपत्र नवीकरण र जरिवाना छुट हुनुपर्ने, सडक कानुन लागू गर्नुपर्ने, भाडा समायोजन हुनुपर्ने, २० वर्ष सवारीको अवधी थप गर्नुपर्नेलगायतका माग राखेका हुन् ।

भोलि बिहान ११ बजे बैंकर्स एशोसिएसनमा धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ ।

Categorized in राजनीति