STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलाडीलाई सम्मान

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १४, बिहिबार

म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान गरिने भएको छ । विभिन्न खेलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक विजेताको सम्मान गर्ने उद्देश्यले टोड्के रिर्सोट प्रालिले आगामी शनिबार भव्य समारोहका बीच सम्मान गर्ने कार्यक्रम रहेको प्रालिका निर्देशक भीम शेरचनले बताउनुभयो । “खेलकूद क्षेत्रमा योगदान पु¥याउनुभएका खेलाडीलाई सम्मान गर्नेछाँै, उहाँहरुको नाम सङ्कलन भइरहेको छ”, शेरचनले भन्नुभयो । जिल्ला खेलकूद विकास समितिलाई खेलाडीको नाम उपलब्ध गराउन पत्रचार गरिएको बताउँदै खेलाडीले समेत आफ्नो प्रमाणसहितको विवरण उपलब्ध गराउन सक्ने आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिमिल्सिना, हेन्डबल एशोसिएसनका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरूङलगायत खेलकूद क्षेत्रमा विशिष्ट व्यक्तिहरुको उपस्थिति हुनेछ । आगामी कात्तिक १४ देखि १६ सम्म हुने कार्यक्रममा हेन्डबलको सो म्याचसमेत आयोजना गरिनेछ । हेन्डबलको परीक्षणसमेत हुने भएकाले मापदण्ड र उपयुक्त भएमा भविष्यमा प्रतियोगिता नै आयोजनासमेत हुनसक्ने टोड्के रिर्सोट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले बताउनुभयो । बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गममा अवस्थित टोड्के दुई हजार पाँच सय मिटर बाट प्रकृतिको अनुपम उपहार, वरिपरि लालीगुराँसको जङ्गल, स्वर्गद्वारीको शाखा आश्रम, मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
Categorized in खेलकुद