STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलाडीलाई सेकुवा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

नेपालगञ्जको पहिचान र विशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र २०० वर्ष पुरानो शहर हो नेपालगञ्ज । सामाजिक र धार्मिक सद्भावको सफल उदाहरण पनि हो नेपालगञ्ज । नेपालगञ्ज बागेश्वरी मन्दिर, नेपालकै एक मात्र जुङ्गे महादेवको मूर्ति, गुरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको शहर हो । नेपालगञ्ज नेपालमै नहुने मौसम बोकेको शहर पनि हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको शहरका रुपमा चिनिन्छ नेपालगञ्ज । यतिले मात्र नेपालगञ्जको पहिचान र विशेषता पूरा हुँदैन । नेपालगञ्जको अर्को विशेषता परिकारको पनि हो । नेपालगञ्जलाई स्मरणीय बनाउने यहाँ आधा दर्जन परिकार छन् । नेपालगञ्जको रावडी, लस्सी, मुवारकको वीरयानी, घरबारी टोलको समोसा, चौलिकाको हलुवा परोठा, पान, पानीपुरी, मट्का दहीका साथै नेपालगञ्जको अर्को परिचित परिकार हो ‘सेकुवा’ । त्यसैले त नेपालगञ्ज आउनेहरु सेकुवाको स्वाद नलिने विरलै हुन्छन् । यसले नेपालगञ्जको पहिचान झल्काउँछ । नेपालगञ्जको अतिव्यस्त धम्बोझीचोक किनारामा हाम्रो मःम रेष्टुरेन्ट छ । हाम्रो मःम सेकुवा घरमा २६ वर्षदेखिका कर्मचारी अझै सेकुवा पोल्छन् । विपीचोकको गण्डकी रेष्टुरेन्टले करीब २५ वर्षदेखि सेकुवा बिक्री गर्दै आएको छ । नेपालगञ्जका यी सेकुवा घरमा सर्वसाधाण मात्र नभई उच्चतहका व्यक्ति पनि पुग्ने गरेको सञ्चालक सरस्वती मल्ल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशभरका खेलाडीको जमघट हुँदैछ भनेर सेकुवाका लागि चाहिने आवश्यक सामान पहिले नै जोहो गरेका छौँ । आठौँका पाहुना हाम्रा पनि पाहुना हुन् । हामीले पनि सेकुवासँगै न्यानो स्वागत सत्कार दिने तयारीमा छौँ ।” सेकुवा नेपालगञ्जको खास विशेषता बनिसकेको छ । नेपालगञ्जका धम्वोझी र विपीचोक सेकुवाका लागि प्रसिद्ध स्थान हुन् । यहाँ करीब दुई दर्जनको हाराहारीमा सेकुवा घर छन् । सेकुवा व्यवसायी डिलाराम पौडेल आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आउने पाहुनालाई नेपालगञ्जीया सेकुवाको स्वाद चखाउन आतुर भएको बताउँछन् । नेपालगञ्जमा प्रतिसिल रु १५० मा खसीको सेकुवा पाइन्छ ।
Categorized in खेलकुद