STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेत जोत्ने ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एकको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १५, शनिबार

भक्तपुर – खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा शनिबार एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताए । 

ट्याक्टर चालक सोही ट्याक्टरसहित पल्टदै जाँदा ट्याक्टरको फाली (जोत्ने भाग) ले घाँटी लगायतको भागमा गम्भीर चोट लागेको थियो ।  दुर्घटनामा घाइते भएका सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डिएसपी गिरीले बताए ।  

Categorized in अपराध-दुर्घटना