STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खुला नृत्य प्रतियोगितामा अमृता प्रथम

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २८, सोमबार

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत गरिएको खुला नृत्य प्रतियोगितामा अमृता सुनारले प्रथम स्थान हासिल गर्नुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा नयाँबजारमा आयोजित प्रतियोगितामा गणेश तामाङ दोस्रो, विवश जलन्धर तेस्रो र सरिता दानकोटीले सान्त्वना स्थान प्राप्त गर्नुभयो । उहाँहरुलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशतर्फ राहलु थापा घोषित भई रु दुई हजार नगदसहित र प्रमाणपत्र प्राप्त गर्नुभयो । यसैबीच जारी मेलाको समापनका अवसरमा लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको अन्तिम निर्णय हुने आयोजकले जनाएको छ । दाजु बहिनी समूह काठमाडौँ र लोकदोहोरी प्रतिष्ठान गण्डकीले प्रतिष्पर्धा गर्दैछन् । सङ्घका महासचिव अर्जुन पोखरेलका अनुसार आइतबारसम्म करिब ९० हजारले मेलाको अवलोकन गरेका छन् । मेलामा विटुवि र विटुसि मिटिङ पोखरा उद्योग वाणिज्य सङ्घले मेलाका अवसरमा आइतबार विटुवि र विटुसि मिटिङको पनि आयोजना गरियो । व्यवसायी–व्यवसायी तथा व्यवसायी र क्रेताबीच उक्त कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका शाखा अधिकृत जगन्नाथ पाण्डेले गर्नुभएको थियो । उत्पादकले क्रेताको मनोभावना र चाहनाअनुसारका उत्पादनमा ध्यान दिनुपर्नेमा पाण्डेले जोड दिनुभयो । बिक्रेताबीचको सम्बन्धले पनि व्यापार बढ्ने उहाँको भनाइ छ । सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण कोइराले उद्यमशीलता सिकाउनु तथा व्यवसायीमा प्रतिष्पर्धी क्षमताको विकास गराउन सङ्घले यस किसिमको मिटिङ राखेको जानकारी दिनुभयो । कार्यक्रम संयोजक तथा सङ्घका उपमहासचिव चिनुकुमारी गुरुङले आफ्ना उत्पादन तथा सेवाको गुणस्तर कायम गराउन सकिएमात्र व्यवसाय विस्तार हुने बताउनुभयो ।
Categorized in सिनेमा