STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खाग तस्करसँग प्रहरीकाे झडपमा गाेली चल्दा एकजना घाइते, दुई पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २१, आइतबार

बुटवल-७ सुख्खानगरमा खाग तस्करसँगकाे झडपमा आइतबार बिहान साढे ९ बजे गाेली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।  

गैडाकाे खाग तस्करीमा संलग्नताकाे आशंकामा अनुसन्धानका लागि पुगेकाे प्रहरी टाेलीमाथि आक्रमण गर्ने समूहका एकजना घाइते भएका हुन् । संदिग्धहरूले प्रहरीकाे पेस्ताेल खाेसेर गाेली हान्दा आफ्नै साथीलाई लागेकाे प्रहरीकाे भनाइ छ । 

स्थानीय कलश हाेटलमा गैडाकाे खागसहित संदिग्ध चार बसेकाे खबर पाएपछि प्रहरीकाे टाेली त्यहाँ पुगेकाे थियाे । 

गाेली लागेर घाइते भएका राकेश न्याैपानेकाे स्थिति गम्भीर छ । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएकाे छ । अन्य दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्त थापा र कर्णबहादुर राउत रहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना