क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – कोरोना संक्रमण नियन्त्रणको लागि क्वारेन्टाइनमा बसेका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकाको दीपेन्द्र स्कुलको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको हो ।
क्वारेन्टाइनमा उपचार नपाएकाले ती युवकको मृत्यु भएको स्थानीयबासीको आरोप छ । मृत्युपछि उनीहरुले यसको विरोध जनाएका छन् । ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।
स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।
मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण थाहा हुने जनाइएको छ ।
Categorized in राष्ट्रिय


