STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्रियापुत्री बसेको घर आगलागीले सखाप

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण २४, बिहिबार

ताप्लेजुङ, ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । बेलुकी करिब ११ बजे खाना खाएर सुतेको र बिहान ३ बजे अचानक आगलागी भएको आगलागी पीडित उदय भट्टराईले बताउनुभयो । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ । आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा विहान ४ः३० बजे नियन्त्रणमा आएको थियो । आगलागी पीडित भट्टराई आफ्नो बुबाको क्रियापुत्री बस्नुभएको बताइएको छ ।

Categorized in अपराध-दुर्घटना