STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्रिप्टोकरेन्सीले मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २, बिहिबार

काठमाडौँ - क्रिप्टोकरेन्सीले मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

क्रिप्टोकरेन्सीलाई मान्यता नदिने राष्ट्र बैंकको निर्णय खारेज गर्नसमेत रिटमा माग गरिएको छ । बिहीबार दर्ताको भएको रिटमा पहिलो सुनुवाई आगामी सोमबार हुनेछ ।

अधिवक्ता सागर बराललगायतले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

Categorized in बिजनेस