STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्युएफएक्स कुमारी हल सधैंका लागि बन्द

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २१, सोमबार

कोरोनाको महामारी सुरु भएसँगै बन्द रहेकाे क्यूएफएक्सअन्तर्गतको कुमारी हल बन्द भएको छ । 

क्यूएफएक्सका सीइयो रोशन अडिगाका अनुसार उक्त हल सधैँका लागि बन्द भएको हो ।

'आगामी दिनमा कुमारी हलमा फिल्म चलाउन गाह्रो हुने देखिएपछि हाम्रो बोर्ड मिटिङ बसेर नै उक्त हल बन्द गरिदिएका हौँ', रोशनले भने ।

आजभन्दा ३७ वर्ष अगाडिबाट सञ्चालनमा आएको यस हलले निर्मातालाई राम्रो कमाइ दिने गर्थ्यो । यस हलको केही समय अगाडि मात्रै पुनर्निर्माण गरिएको थियो ।

अहिले हलमा भएका सामानहरू हटाउन थालिएको छ । अब उक्त भवन अन्य प्रयोजनका लागि प्रयोग हुनेछ ।

कोरोनाको महामारी सुरु भएपछि नै क्यूएफएक्सअन्तर्गतको जय नेपाल हल पनि सधैँको लागि बन्द भएको थियो । लगातार हल बन्द हुनु नेपाली फिल्म निर्माताका लागि सुखद समाचार भने होइन ।

Categorized in सिनेमा