STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २६, आइतबार

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ । क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ । क्याराभानका नायक थिन्ले लेण्डुप लामाको सम्झनास्वरुप सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको सडकमार्गलाई क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन दबाबस्वरुप काठमाडौँदेखि डोल्पासम्म साइकल यात्रा गरिएको हो । अन्तरराष्ट्रिय ओस्कार अवार्डमा मनोनयनमा पर्न सफल क्याराभान चलचित्रमा अभिनय गरेर थिन्लेले डोल्पा र डोल्पाली संस्कृतिलाई विश्वमाझ चिनाए पनि देहान्तपछि उहाँको सम्झनामा कुनै पनि संरचना खडा नगरिएको भन्दै स्थानीय साइकलयात्री रामचन्द्र बस्नेत ९भाष्कर०ले दुःख व्यक्त गर्नुभयो । आफू तीन वर्षदेखि निरन्तर साइकल यात्रामा लागेकाले साइकल यात्राबाटै आफ्नो जिल्ला र नेपाललाई देश विदेशमा चिनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङमा जन्मिएका क्याराभान नायक थिन्लेको २०७३ वैशाख १३ गते छेक्पामा घोडाबाट खसेर दुःखद् निधन भएको थियो । पदयात्राको नामकरण गराउन दबाबका साथै प्रचुर पर्यटकीय सम्भावना बोकेका नेपालकै गहिरो शे–फोक्सुण्डो ताल, सुलिगाड झरना, नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरासुन्दरी मन्दिर, जगदुल्ला ताललगायतका पर्यटकीय सम्पदालाई विश्वमाझ चिनाउन पनि साइकल यात्रा शुरु गरिएको साइकल यात्री बस्नेतले बताउनुभयो । शनिबार मात्रै साइकल यात्री टोलीले साइकलसहित त्रिपुरासुन्दरी मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको थियो । डोल्पा जिल्लाले प्रचुर पर्यटकीय सम्भावना बोके पनि प्रसारप्रचारको अभावमा ओझेलमा परेको बताउँदै तीनै तहको सरकारले पर्यटन प्रवद्र्धनका लागि सहयोग गुर्नपर्ने टोलीको भनाइ छ । अव्यवस्थित होटेल व्यवसाय एवं चर्को प्रवेश दस्तुरका कारण स्वदेशी तथा स्वदेशी पर्यटक कम आउने गरेको उनीहरुले भनाइ छ ।
Categorized in खेलकुद