STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोसी प्रदेशमा पहिचान पक्षधर र सरकारबीच ५ बुँदे सहमति

Janjati Khabar – Janjati Khabar | २०८० माघ २६, शुक्रबार

काेसी प्रदेश सरकार र एक वर्षदेखि आन्दोलित पहिचान पक्षधरबीच शुक्रबार ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। बिहीबारदेखि जारी वार्तामा कोसीका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले पहिचान पक्षधरसँग ५ बुँदे सहमति गरेको हो। 

सहमतिअनुसार प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत् रुपमा प्रदेशकाे नाम फेर्नका लागि राजनीतिक वातावरण वनाउन संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन्। सहमतिअनुसार अब पहिचान पक्षधरले अन्य दल र समूहका गतिविधिमा निषेध गर्ने गरी जारी आन्दोलनलाई सुधारेर अब शान्तिपूर्ण आन्दाेलन  गर्ने भएका छन्।

पहिचान पक्षधरसँगको सहमतिमा कोसी सरकारले एक वर्षयताको आन्दाेलनका क्रममा घाइतेहरूकाे निःशुल्क उपचार गरिदिने भएको छ। त्यस्तै आन्दाेलनकारीमाथिका मुद्दा प्रदेश सरकारले फिर्ता लिने भएको छ।

सहमतिमा फागुन १० पहिले नै दुवै पक्षको सहमतिमा फेरि वार्ताको मिति ताेक्ने सहमति पनि भएको सरकारतर्फबाट वार्ता समितिका संयाेजक भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए। याे वार्ता सफल भएपछि अब प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकाेको मुख्यमन्त्री केदार कार्कीले बताए। उनले अब प्रदेशमा विकास र समृद्धिले तीव्रता पाउने बताएका छन्।

Categorized in राजनीति