STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना संक्रमितद्वारा झुण्डिएर आत्महत्या

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १८, शनिबार

तीन दिनअघि मात्र सञ्चालनमा आएको रूपन्देहीको सैनामैनास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना सक्रमितले झुण्डिएर आत्महत्या गरेका छन् ।

सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका एक कोरोना संक्रमितले सौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले पातलो तन्नाले ट्वाईलेटमा झुण्डिएर रातिको करिब २ बजेको समयमा आत्महत्या गरेको बताए ।

मनोबल कम भएका ती संक्रमितलाई मनोचिकित्सक राखेर सम्झाउदै गरेको  भएपनि राति उनले आत्महत्या गरेको उनको भनाइ छ ।

Categorized in अपराध-दुर्घटना