STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना संक्रमणबीच अभिनेत्री सिन्तियासेन र उनको कोपेनहेगन–डायरी

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १, सोमबार

विजयरत्न असंबरे


काठमाडौं– डेनमार्क कोपेनहेगनमा दाम्पत्य जीवन बिताइरहेकी अभिनेत्री सिन्तियासेन ताम्राकारले कोभिड–१९ कोरोना महामारीमा डेनमार्कको अवस्था, त्यहाँको जनजीवनलगायत विवरण जनजातिखबरसँग खुलाएकी छिन् । पोखरानिवासी अभिनेत्री ताम्राकारले नेपालभाषाया थुप्रै फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । ‘सत्य धरोधर्म’, ‘यलय् बाथः’, ‘तुतां’ लगायत नेपालभाषाया फिल्महरुमा उनको अभिनय हेर्न पाइन्छ । डेनमार्कमा बसोबास गर्ने राहुल श्रेष्ठसँग विवाहपश्चात् उतै दाम्पत्य जीवन बिताइरहेका ताम्राकार केही महिनाअघि नेपाल फर्किएका थिए भने अहिले पुनः डेनमार्क फर्किसकेका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमणबाट बच्न डेनमार्क सरकारले पनि लकडाउन लागू गरेको जानकारी दिँदै अभिनेत्री ताम्राकार बताउँछिन्, “संसारभरि नै कोरोना भाइरस फैलिरहेको र विश्व नै यसको त्रासमा रहेको अवस्था छ भने हामीले पनि यसबाट बच्न अनेक उपाय अपनाइरहेका छन् । कोपेनहेगनका सम्पूर्ण अफिस तथा पसलहरु बन्द छन् । खाद्यसामग्री र औषधि पसलहरु मात्र खुल्ला छन् । यहाँका विद्यालयहरु पनि पूर्णरुपमा बन्द छन् । त्यसैले मेरा दुवै बच्चाहरुलाई घरमै सुरक्षित राखेका छौं । यहाँ पनि साबुन पानीले नियमित हात धुने तथा सेनिटाइजरको नियमित प्रयोग गर्दै आएका छौं ।” डेनमार्कले ल्याएको सरकारी नीतिबारे ताम्राकार बताउँछिन्, “लकडाउनको समय काममा जान नसके पनि सरकारले तलब दिने घोषणा गरेको छ । त्यतिमात्र हैन, लकडाउनको समय कसैलाई स्वास्थ्यसम्बन्धी समस्या आए डाक्टरसँग भिडियो च्याट गरी स्वास्थ्य सल्लाह लिनसकिने सुविधा पनि दिइएको छ ।” डेनमार्कका नागरिकहरु आफ्नो स्वास्थ्यप्रति सचेत रहेको कारण लकडाउनको पूर्ण पालना गरिरहेको जनाउँदै ताम्राकारले भने, “लकडाउनको समय पनि यहाँ पब्लिक बसहरु संचालनमा आइरहेका छन् । तर बसका ड्राइभरसँग नजिकिन निषेध गरिएको छ ।” डेनमार्क पनि नेपालको तराईजस्तो समथर क्षेत्र भएकोले यहाँ साइकल चढ्नेहरु पनि धेरै रहेको जानकारी ताम्राकारले दिएकी छिन् । गत बुधबार परिवारसँग बाहिर निस्कँदा बाटोमा कार, ट्रक, बससँगै साइकल चढ्नेहरु पनि धेरै देखेको ताम्राकारले बताइन् । बाहिर निस्के पनि यहाँ नेपालमा जस्तो प्रहरीले लठ्ठीले नहिर्काउने उनले बताइन् । नागरिकहरु नै सचेत रही लकडाउनको नियम पालना गरिरहेका र अत्यावश्यक काममा मात्र बाहिर निस्कने गरेको ताम्राकारले बताइन् । बाहिर गएकाहरुले पनि घर फर्किने वित्तिकै साबुनपानीले हात धुने र सेनिटाइर प्रयोग गर्ने गरेको उनले बताइन् । डेनमार्कमा हालसम्म ६११७ जनामा कोरोना संक्रमण पाइएको छ भने जसमा २७३ जनाको मृत्यु भइसकेका र २१२३ जना कोरोना संक्रमणबाट निको भइसकेका छन् भने ।

(कुराकानीमा आधारित)

Categorized in सिनेमा