STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना महामारीका कारण “वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०७८” स्थगित

Janjati Khabar – LALENDRA SHAKYA | २०७८ माघ १८, मंगलबार

यही माघ १४ र १५ गते निर्धारित “वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०७८” स्थगित भएको छ ।

विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिडले गर्दा विभिन्न कार्यक्रमहरू स्थगित र रद्द भैरहेको सन्दर्भमा यो कार्यक्रम पनि स्थगित गर्नुपरेको जानकारी आयोजक संस्थाले दिएको छ ।

नेपाल सांस्कृतिक कला मन्दिरले करिब दुई दशकदेखि गर्दै आइरहेको कार्यक्रम यस वर्ष भने कोभिडकै कारण नेपाल सरकारले कुनै पनि कार्यक्रम गर्न निषेध गरेको हुनाले स्थगित गर्नु परेको आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिनुभएको छ । 

उक्त कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा गर्ने तय गरिएको थियो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बेला स्थगित गर्नु परे पनि अब उक्त कार्यक्रम यही फागुन २७ र २८ गते सोही स्थानमा गर्ने जानकारी आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले दिएको छ । 

फागुन महिनाको अन्तिम समयसम्म कोभिडको त्रास न्यून हुने विश्वास लिई उत्साहका साथ उक्त कार्यक्रम गर्ने अध्यक्ष शाहीले बताउनु भएको छ । 

कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरुका साथै लोकप्रिय गायक गायिकाहरूको समेत सांगितिक प्रस्तुति हुने जानकारी अध्यक्ष शाहीले जनाएको छ ।

Categorized in साहित्य-कला