STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

"कोरोना कहरमा बालबालिकाको पढाइ कमजोर"

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

कोरोना कहरका कारण बालबालिकाको पढाइ कमजोर भएको अनुभव अभिभावकहरूले गरेको एक अध्ययनले देखाएको छ ।

युनिसेफसँगको सहकार्यमा भएको अध्ययनअनुसार, ८० प्रतिशत अभिभावकले कोरोनाकालमा बालबालिकाको पढाइ कमजोर भएको अनुभव गरेको शेयरकास्टले जनाएको छ । ६ हजार बालबालिकाका अभिभावकसँग यो सर्वेक्षण गरिएको संस्थाले जनाएको छ ।

'सर्वेक्षणले ६० प्रतिशत अभिभावकहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउन निश्चिन्त हुनुका साथै ८० प्रतिशतले बालबालिका पढाइमा कमजोर भएको अनुभव गरेको पाइएको छ,' संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, ६० प्रतिशत घरपरिवारले आम्दानी र जीविकोपार्जनको माध्यम गुमाएको अध्ययनमा उल्लेख छ ।  'सन् २०२१, नोभेम्बरसम्म आइपुग्दा गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको देखिन्छ,'अध्ययनको निष्कर्ष छ ।

Categorized in शिक्षा