STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनासंगै तुँवालो : विद्यार्थीको पढाई छताछुल्लो !

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ चैत्र १६, सोमबार

मंगलबारदेखि शुक्रबारसम्म देशभरका सम्पूर्ण विद्यालयहरु बन्द हुने घोषणा नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको छ, कारण वायु प्रदूषण ।

त्यस्तै, जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दोस्रो लहरको कोभिड १९ कोरोना भाइरस सक्रमणका कारण एवं छिमेकी मुलुक भारतमा कोरोना संक्रमित अत्याधिक मात्रामा थप भएको कारण नेपालमा पनि कोरोना संक्रमण सिर्जित हुनसक्ने आशंकामा फेरि लकडाउन गर्ने तयारी अवस्थामा रहेको चर्चा परिचर्चा चलिरहेको अवस्था छ ।

एकातिर तुँवालो र कोरोना, अर्कोतिर सरकारमा उथलपुथलता । देश र जनताको मर्म र व्यथालाई बुझ्नुको सट्टा आफ्नो कुर्सी मोहमा बिलीन छन् सरकार चलाउने शासकहरु ।

२०७६ साल चैत्र ११ देखिको लकडाउनले एक वर्षको पढाई खेरै गाको हो नै । लकडाउनको समयमा विद्यार्थीहरुलाई अनलाइन क्लास त पक्कै लिएकै हो, तर विद्यार्थीहरुमा उक्त अनलाइन क्लासबाट कुनै सकारात्मक परिवर्तन नआको कुरा स्वयं स्कूलका शिक्षक शिक्षिकाहरु स्वीकार्छन् ।

अब देशमा तुँवालोको बादलले छाएको छ । मंगलबार देखि शुक्रबारसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द भनेको छ सरकारले । तर त्यो लम्बिन पनि सक्छ र तु“वालोका कारण शुक्रबारसम्मको शैक्षिक संस्था बन्द लम्बिने क्रमसंगै फेरि कोरोनाका कारण शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था सिर्जित भो भनी नेपाल सरकारले उद्घोष गर्न सक्छ । यदि यस्तो अवस्था सिर्जित भो भने फेरि विद्यार्थीहरुको  पढाई “कोरोनासंगै तुँवालो, विद्यार्थीहरु पढाई छताछुल्लो” हुने त होइन ?

विद्यार्थीहरुको पढाईमाथि अब सरकार गहनरुपमा जिम्मेवार हुनुपर्छ । तुँवालो, कोभिड १९ कोरोनाको नाममा विद्यार्थीहरुको जीवनमाथि खेलवाड गर्नु भनेको सरकारको लाचरपना मात्र हुनेछ, र अन्तर्राष्ट्रियस्तरबाट नेपाल सरकारलाई “थुथु” गर्नेछ । विद्यार्थीहरुको पढाई अध्ययन र जीवनमाथि मध्यनजर गर्दै विकल्पमय बाटो के कस्तो छ, खोजतलास गर्दै विद्यार्थी जीवनलाई न्याय देऊ सरकार ।

Categorized in विचार