STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाविरुद्धको खोप लगाएकालाई नेपाल आउन दिने सरकारको तयारी

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १६, शुक्रबार

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुलाई निर्वाध रुपमा नेपाल आउने दिने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप लगाएकालाई नेपाल निर्वाध रुपमा आउने दिने तयारी सरकारले गरिरहेको बताएका हुन् । 

शुक्रबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै पर्यटनमन्त्री ढकालले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई निर्वाध रुपमा नेपाल आउन स्वीकृति दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको बताए । 

‘अहिले कोरोनाविरुद्धको खोप विश्वभर मानिसहरुले लगाइरहेका छन् । विदेशबाट आउन चाहने जो कोहीले कोरोनाविरुद्धको खोप लगाएर आउँछन् भने उनीहरुलाई निर्वाध रुपमा नेपाल आउन दिनेगरी प्रस्ताव अब बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको छ,’ उनले भने ।

यस्तै, ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट लिएर आउने पर्यटकलाई पनि निर्वाध रुपमा घुम्न दिइने उनले बताए । ‘७२ घण्टाभित्र गरेको पीसीआर  रिपोर्ट लिएर आउनेलाई पनि अब क्वारेन्टिनमा बस्नु पर्ने छैन,’ उनले भने, ‘यो विषयमा पनि अबको मन्त्रिपरिद्बाट निर्णय हुन्छ ।’

Categorized in राजनीति