STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाबाट शेखर कोइरालाका दाजुको निधन

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १९, आइतबार

नेपाली कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । 

कोरोना संक्रमणपछि दिल्लीको म्याक्स अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको हो ।

पर्यटन व्यवसायीसमेत रहेका कोइराला केशव कोइराला र नोना कोइरालाका छोरा तथा कांग्रेस नेता शेखर कोइरालाका दाजु हुन् । 

दाजु बिरामी भएपछि १४ पुसमा शेखर कोइराला दिल्ली गएका थिए । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । उनले नेपालमा पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

Categorized in व्यक्तित्व