STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट बेलायतमा नेपालीको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार

काठमाडौं– कोरोना भाइरसबाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ । साउथ इस्ट लन्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार मृत्यु भएको हो । अर्यालको कोरोना संक्रमणको कारण मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी गराएको छ । ज्वरो र खोकीको समस्यामा रहेको अर्याललाई रिङ्गटा लागेपछि गत शनिबार स्थानीय क्विन एलिजावेथ अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा अर्यालको मृत्यु भएको हो । ब्लडप्रेसरबाहेक अन्य कुनै पनि रोग नरहेको परिवारले जनाएको छ । बेलायतको एउटा एकान्टिङ्ग फर्ममा कार्यरत अर्यालको जहान, एकजना छोरा र एकजना छोरी रहेका छन् । अर्यालको पुख्र्यौली घर चितवन हो । कोरोनाका कारण यसअघि लन्डन साउथ ह्यारोमामा बस्दै आएका संखुवासभा खाँदबारीका ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भइसकेको थियो । बेलायतमा कोरोना संक्रमणको कारण मर्नेहरुको संख्या ४६५ पुगिसकेको छ ।
Categorized in अन्तर्राष्ट्रिय