STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार

काठमाडौं- नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम राखेको छ । कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम राखिएको छ ।

दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए ।

दिउँसो १ बजेदेखि सुरु हुने चियापान कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेता, विदेशी निकायका प्रमुखहरू, कूटनीतिक निकाय लगायतलाई निमन्त्रणा गरिसकेको पौडेलले जानकारी दिए । १५ हजार बढी कार्यक्रममा उपस्थित हुने उनले दाबी गरे ।

बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई २०३३ सालमा नेपाल फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा सुरु गरेको थियो ।

Categorized in राजनीति