कैदीको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार
कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् ।
क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति ८ः३० बजे क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
Categorized in अपराध-दुर्घटना


