STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

के जनजातिहरु हिन्दू होइनन् ?

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार

प्रजातन्त्रको पुनस्र्थापना सँगैसँगै यस मुलकमा एउटा गम्भीर षड्यन्त्रको पनि सुरुवात भएको छ । त्यो हो मुलुुको शान्ति सुरक्षा खलबल्याउने, नेपाली धार्मिक सहिष्णुतामाथि खलल पु¥याउने, जातीय एकता खलबल्याउने, राष्ट्रिय तथ्यांकबाट हिन्दू धर्मानलम्बीको प्रतिशतलाई तल झार्ने, नेपाली भाषाको मूल स्रोतका रुपमा रहेकोे संस्कृतभाषाको विरोध गर्ने, नेपाली भाषालाई राष्ट्रसभाका रुपमा मान्न हुँदैन भनेर जनजातिहरुलाई उकास्ने, नेपाली पोसाकलाई राष्ट्रिय पोसाकको दर्जा नस्विकारी बाहुनहरुको पोसाक हो भन्न लगाउने, दँसैजस्तो राष्ट्रिय चाडलाई (जो सम्पूर्ण हिन्दू धर्मालम्बीहरुको चाड हो) लाई बाहुनहरुको चाड भन्न लगाएर विभेद सृजना गर्ने, रातो टीकालाई पुराणसँग जोेडेर असुरको रगतले मुछिएको प्रसंग जोड्दै जनजातिहरुद्धारा दसैं बहिष्कार र रातो टीका बहिष्कार गर्न लगाउने, संविधानबाट हिन्दू अधिराज्य भन्ने शब्द हटाउनु पर्छ भनेर विरोधका स्वरहरु निकाल्ने कार्य भइरहेको छन् र त्यसको अगुवाई पनि जनजातिकै प्रबुद्धवर्गबाट भइरहेको छ । उनीहरुले २०५८ सालको राष्ट्रिय जनगणनामा जनजातिहरुलाई आ आफ्ना धर्म लेखउँदा आजसम्म लेख्दै आएको हिन्दूको स्थापना बुद्ध र किराँत लेखाउन बाध्य पारे । हिन्दूको स्थानमा बुद्ध र किराँत लेखाउनको मूल उद्देश्य नै हिन्दू धर्मालम्बीहरुको संख्या राष्ट्रिय जनगणनाबाट तल झारी संविधानमा उल्लेख भएको हिन्दू अधिराज्यको वाक्यांशलाई चुनौती दिनु हो यस कार्यमा उनीहरुलाई धेरथोर सफलता पनि मिलेको छ तर हामीहरुले जान्नु पर्ने कुरा के छ भने के जनजातिहरु हिन्दू हुन् कि होइनन् । रामायण, महाभारत तथा वेदमा किराँत शब्दको प्रयोग भएको छ । उनीहरुको संस्कृतिको व्यख्या छ । महाभारत आजका हिन्दूवादीहरुले लेखेको ग्रन्थ होइन यो त आजभन्दा ५ हजार वर्ष पुरानो ग्रन्थ हो । त्यसमा किराँतलाई क्षत्रिय भनिएको छ । सुनयन, भगदत्त, सुधामु, लिलाम्बु जस्ता वीर किराँती राजाहरुको पालामा लेखिएको इतिहासमा समेत किराँत क्षत्रिय जात भनेर लेखिएको छ । यसबाट किराँतहरु क्षत्रिय थिए भन्ने स्पष्ट हुन्छ। यस्तो इतिहास हुँदाहुँदै पनि इतिहास नमान्ने, पुराणलाई नस्विकार्ने, श्रुतिस्मृतिहरुलाई नगन्ने स्वार्थी मानिसहरुको जमातले अहिले आफूलाई किराँत धर्म भन्न थालेका छन् र जनगणनामा समेत त्यही लेखाए । यो अत्यन्तै दुःखदायी कुरा हो । नेपाली, भारतीय तथा बिट्रिस सेनामा जति पनि राई, लिम्बू, मगर, गुरुङ, तामाङ, सेर्पाहरुले जागिर खाइरहेको छन् ती सबैले त्यहाँ हिन्दू लेखाएको छन् । कसैकसैले बौद्ध पनि लेखाएका छन् । हिन्दू र बौद्ध यी दुवै एउटै ॐकार परिवार भित्रकै हुन् अहिलेसम्म प्राप्त कुनै पनि धर्म ग्रन्थहरुमा किराँत धर्मको उल्लेख पाइएको छैन । यदि भए किराँत नेताहरुले खोजेर देखाए हुन्छ । बरु बोन धर्म लेखाएको भए हन्थ्यो । अहिले आएर कतै पनि हुँदै नभएको नया धर्मको वकालत भइरहेको जसले हाम्रो देशको शान्ति र अमनचैनमा खलल पार्दै छ । जसका पछाडि पश्चिमाहरुका हरिया डलरको चमत्कार छ । तिनै हरिया डलरको मोहमा हाम्रा प्रबुद्ध वर्गसमेत फँसेर देशलाई विखण्डनतर्फ लाग्ने प्रयास गरिरहेको छन् । विदेशीहरुको भिक्षा लिएर आफ्नो धरातल नै छाडी जनजातिको राजनीतिमा लागेमा नेताहरुले के बुझ्नु जरुरी छ भने त्यो सानो भिक्षाले देशलाई ठूलो नोक्सान पु¥याउँछ र देशलाई अघि बढ्न दिदैंन ।
Categorized in विचार