STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

'केपी ओली स्वाहा !'

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १४, मंगलबार

काठमाडौँ – प्रतिनिधिसभाको विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल निकट अनेरास्ववियू वाल्मीकि क्याम्पस कमिटीले स्वाहा कार्यक्रमकाे आयोजना गर्दैछ । 

साेमबार अपरान्ह काठमाडौंस्थित वाल्मीकि क्याम्पसअघि स्वाहा कार्यक्रम आयोजना गरेका हुन् ।

व्यंग्यात्मक कार्यक्रममा विद्यार्थी तथा नेताहरुले ‘केपी ओली स्वाहा, वाइडबडी स्वाहा, दुई तिहाइकाे सरकारकाे स्वाहा, बालुवाटार स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा,जनजीविका स्वाहा,रेलगाडी स्वाहा, पानीजहाज स्वाहा’ आदि भनेका थिए ।

पछिल्लो समय नेकपाभित्र केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्ष गरि दुई समूह विभाजित छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनको विरोधमा दाहाल–नेपाल समूहले देशव्यापी रुपमा प्रदर्शन गरिराखेको छ ।

Categorized in राजनीति