STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

केपीओली बहादुर जंगे हैन, केशर जंगे बन्दैछ !

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ माघ २१, बुधबार

देशको राजनीतिक माहोल असारको हिलानाला जस्तै छ । कोरोना भाइरस कोभिड १९ को डरत्रास त एकातिर छँदैछ । अब त कोरोना भाइरसभन्दा पनि राजनीतिक भाइरसले जनमानस त्रसित छन् ।

देशका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन  गरिसकेपछि देशमा उथलपुथल दुषित अनि कहालीलाग्दो राजनीतिक वातावरणको हावा बहिरहेका छन् । नेकपा फूटदेखि राजधानीमा सेनाको बख्तरबन्द गाडी प्रदर्शन, सर्वोच्चमा संसद् विघटन असंवैधानिक विषयक मुद्दाको बहस र सुनुवाई, सडकमा विभिन्न क्षेत्रबाट आन्दोलन, सडकमा राजावादीहरुको सक्रियता इत्यादी इत्यादी ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक “कू” गरेकै दिन २०७७ माघ १९ गते सोमबारका दिन नेपाली सेनाले बख्तरबन्द गाडीहरु काठमाडौंको चक्रपथ चक्कर लगायो । माघ १९ गते नै किन सेनाको बख्तरबन्द गाडीहरु बाहिरियो त ? सचेत नागरिक र बुद्धिजीवीहरु सेनाको यो कदमले शंकास्पद घेराबन्दीमा परिरहेका छन् । यस्तै माघ १९ गतेकै दिन म्यानमार बर्मामा सैनिक “कू” भयो । यसबाट नेपालको राजनीतिक छविमा पनि केही धक्का भएको महसुस नेपाली जनता एवं सचेत नागरिकहरुले गरिरहेका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओली, नीडर भई मैं हुँ यो देशको शक्ति ठान्दै अडिग भई लम्किरहेका छन् । प्रधानमन्त्री ओलीको अगाडि कुनै पनि शक्ति तुच्छतामा परिणत भइरहेका छन् । एक समय, नेपालको राजनीतिक परिवेशमा केशरजंग रायमाझी एक सच्चा कम्युनिष्ट नेता थियो, पछि राजाको शरणमा गई राजावादीको मुकुट लगायो । त्यस्तै हालको राजनीतिक पृष्ठभूमिमा पनि केपी शर्मा ओली केशरजंग रायमाझीको रुप लिन पाईला चाल्दै गरेको महसुस नेपाली जनता र विश्लेषकहरुले गरिरहेका छन् । वास्तवमा कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर राणाको हैन केशरजंग रायमाझीको रुप धारण गर्न खोजिरहेका छन् ।

Categorized in विचार