केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २०, आइतबार
काठमाडौं- २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।
दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकारी दिएकी हुन्।
उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन्। जेल जानु अघि केजरीवालले सर्वोच्च अदालतले निर्वाचन प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका थिए।
केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।
अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो।
उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो।
Categorized in अन्तर्राष्ट्रिय

