STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कृषिमन्त्रीद्वारा कालिमाटी तरकारी बजारको अनुगमन

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २७, मंगलबार

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गरेकी छिन् ।

अवलोकनका क्रममा मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताइन् ।

उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आवश्यक भएको बताउँदै किसानलाई बजारको व्यवस्थापन गर्न सरकारले उत्पादित वस्तुको बजारको ग्यारेन्टी गर्ने उनको भनाइ थियो । उत्पादनलाई बढावा दिने तथा बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले जानकारी दिइन् ।

मन्त्री अर्यालले जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताइन् । किसानलाई मलको अभाब हुन नदिने उनको भनाइ छ । गहुँ लगाउने सिजनमा मल पर्याप्त रहेको र किसानले सहज ढंगले पाएको अर्यालको दाबी छ ।

कालीमाटी बजारको फोहोर वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको उनको भनाइ छ । त्यस्तै केही स्टलहरुको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उनले बताइन् ।

Categorized in कृषि-पर्यटन