STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुटपिटमा संलग्न १६ जना पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । आपसी झडपमा घाइते भएका कुश्मा–५ का आस्विन क्षेत्री र कुश्मा–६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार गरिएको छ । कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो ।
Categorized in राष्ट्रिय