STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर ७ का वडाध्यक्ष एवं बाघभैरव नाचका गुरु राजकुमार माली रहेनन्

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ चैत्र ३१, मंगलबार

कीर्तिपुर नगरपालिका ७ वडाका वडाध्यक्ष एवं कीर्तिपुरमा १२ वर्षमा एकचोटी प्रदर्शन गरिने बाघभैरव नाच (गथु प्याखं) का गुरु राजकुमार मालीको आज सोमबार असमायिक निधन भएको छ ।
५३ वर्षीय माली ब्रेन हेमरेजका कारण चैत्र २८ गते शनिबार काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल उपचारका लागि भर्ना भएको थिए ।
अति मिलनसार एवं नरम अनि सरल ब्यवहारका स्वर्गीय राजकुमार माली कीर्तिपुर नगरपालिका ७ वडास्थित भाजंगल टोलमा बस्नु हुन्छ । उहाँ वडाध्यक्ष एवं बाघभैरव नाचका गुरु मात्र नभई कीर्तिपुर क्षेत्रका एक चर्चित संगीतकर्मी पनि हुनुहुन्छ ।
२०४६ सालको जनआन्दोलनमा सांगितिक योद्धाको रुपमा प्रजातन्त्र स्थापित गर्न सक्रिय हुनुभएका स्वर्गीय माली त्यो बेलाको ब्याँचुलि सांस्कृतिक पुचःका अध्यक्ष पनि हुनुभएको थियो ।
कीर्तिपुर नगरपालिका ७ वडाका वडाध्यक्ष भई जनप्रतिनिधिको रुपमा बस्नु अघि स्वर्गीय राजकुमार माली कीर्तिपुर १ वडास्थित हिलटाउन इन्टरनेशनल उच्च मा.वि.मा संगीत शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
स्वर्गीय मालीका परिवारमा दुई छोरी, एक श्रीमती, तीन दाजुभाई एव आमाबुबा हुनुहुन्थ्यो ।
आज सोमबार बिहान बयोधा अस्पतालबाट सिधै कीर्तिपुर नगरपालिका कार्यालय अगाडि अन्तिम श्रद्धाञ्जलिका लागि स्वर्गीय राजकुमार मालीको पार्थिव शरिर राखिएको थियो ।
कीर्तिपुर नगरपालिकाका मयेर रमेश महर्जन, उपमेयर सरस्वती खड्काका साथ सम्पूर्ण वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधि एवं कर्मचारी तथा कीर्तिपुर क्षेत्रका अधिकांश सर्वसाधारणहरुको उपस्थितिमा अन्तिम श्रद्धाञ्जलि पश्चात् स्वर्गीय राजकुमार माली गुरु भएको कारण बाजागाजासहित भाजंगल हुँदै शवयात्रा कीर्तिपुरकै सुन्दरीघाटमा पुगी अन्तिम दाहसंस्कार भएको थियो भने दागबती स्वर्गीय राजकुमार मालीका पिताले दिनुभएको थियो ।
हार्मोनियमदेखि परम्परागत सम्पूर्ण बाजाहरु बजाउन एवं गाउन सिपालु बाघभैरव नाच (गथुप्याखं)का गुरु, संगीत शिक्षक एवं वडाध्यक्ष जनप्रतिधि राजकुमार मालीको असमायिक निधनले कीर्तिपुर क्षेत्रका एक नक्षत्रको अन्त्य भएको महसुस कीर्तिपुरका बासिन्दाले गरेका छन् ।

Categorized in व्यक्तित्व