STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ मा टप टेनमा पर्न सफल कीर्तिपुरका नवोदित गायक गायिकाहरु

Janjati Khabar – LALENDRA SHAKYA | २०७८ मङ्सिर १६, बिहिबार

उत्कृष्ट दशमा पर्न सफल हुनेहरू प्रतियोगी नं. १ प्रशान्त सुवेदी, प्रतियोगी नं. २ जोन महर्जन, प्रतियोगी नं. ६ दिवेन वज्राचार्य, प्रतियोगी नं. ७ रसिक मालाकार, प्रतियोगी नं. ८ अतुल मानन्धर, प्रतियोगी नं. १० निकेश मानन्धर, प्रतियोगी नं. ११ नफिसा महर्जन, प्रतियागी नं. १५ सुदेश महर्जन, प्रतियोगी नं. १७ कृपा बाँस्कोटा र प्रतियोगी नं. १८ एकता महर्जन 

कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को उत्कृष्ट दश (टप टेन) छनौट गरेको छ । गत शुक्रबार नेपालभाषा एकेदेमि हलमा आयोजित दोश्रो चरण (काराओके राउण्ड) मा प्रस्तुत गरेको प्रस्तुतीको आधारमा उत्कृष्ट दश छनौट गरेको हो । प्रतियोगितमा १९ जना सहभागी भए तापनि एक जना विदेश गएकोले जम्मा १८ जना मात्र काराओके राउण्ड (ट्रायकमा गीत गाउने) मा सहभागी हुनु भएको थियो । 

कीर्तिपुरमा ख्यातिप्राप्त संगीतकर्मीहरू ज्ञानेश्वर निभाः, सतिश महर्जन, तीर्थ माली,, न्हुच्छे दर्शन, सन्तोष महर्जन, कृष्णहरि महर्जन, रुविन श्रेष्ठ, राजु महर्जन, दिपा महर्जन, रत्नशोभा महर्जन र हरिशरण सायमि सम्मिलित निर्णायक मण्डलद्वारा बुधबार उक्त प्रतियोगिताको उत्कृष्ट दश छनौट गरिएको हो ।

उत्कृष्ट दशमा पर्न सफल हुनेहरू प्रतियोगी नं. १ प्रशान्त सुवेदी, प्रतियोगी नं. २ जोन महर्जन, प्रतियोगी नं. ६ दिवेन वज्राचार्य, प्रतियोगी नं. ७ रसिक मालाकार, प्रतियोगी नं. ८ अतुल मानन्धर, प्रतियोगी नं. १० निकेश मानन्धर, प्रतियोगी नं. ११ नफिसा महर्जन, प्रतियागी नं. १५ सुदेश महर्जन, प्रतियोगी नं. १७ कृपा बाँस्कोटा र प्रतियोगी नं. १८ एकता महर्जन रहनु भएको छ ।

कीर्तिपुर नगरका १५ वर्षदेखि ३० वर्षसम्मका स्थायी बासिन्दाहरूलाई सांगीतिक क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले यो गायन प्रतियोगिता (सिङ्गिङ आइडल) को आयोजना गरेको हो । 

छनौटमा पर्न सफल भएका उत्कृष्ट दश जनालाई कीर्तिपुर नगरपालिकाको आयोजक कमिटीले आवश्यक प्रशिक्षण तथा बाहिरी विभिन्न सांगितिक कार्यक्रममा पनि संलग्न गराइने छ भने आउँदो पुष महिनाको पहिलो हप्ता फाइनल प्रतियोगिता गर्ने तालिका रहेको आयोजक कमिटीका संयोजक हरिशरण सायमिले बताउनु भएको छ ।

फाइनल राउण्ड ग्राण्ड फिनालेमा टप टेनमा पर्न सफल १० जना प्रतियोगीहरुले लाईभ अर्केस्ट्रा म्यूजिकमा आफ्नो प्रतिभा देखाउनु पर्नेछ भने उक्त फाइनल राउण्डको प्रतियोगिताबाट उत्कृट ३ कीर्तिपुर सिंगिङ आइडल छनोट गरिने छ । उत्कृष्ट ३ प्रतियोगीमध्ये प्रथम हुनेलाई ५०,०००, द्वितीय हुनेलाई ४०,००० तथा तृतीय हुनेलाई ३०,००० नगदसहित मेडल ट्रफी र विभिन्न उपहारहरु प्रदान गरी सम्मान गरिने जानकारी कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

Categorized in साहित्य-कला