STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर सर्टफिल्म प्रतियोगितामा ‘आजुद्यः’

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार

काठमाडौं– कीर्तिपुर नगरपालिकाको आयोजनामा हुन लागेको कीर्तिपुर सर्टफिल्म प्रतियोगिताको लागि ‘आजुद्यः’ नामक सर्टफिल्म शुक्रबार बुझाइएको छ । उक्त सर्टफिल्म नेवाः युट्युब च्यानलले निर्माण गरेको हो भने यसको निर्देशन तथा सम्पादन योवन शाक्यले गरेका हुन् । फिल्मको स्क्रिप्ट कीर्तिपुरका राज महर्जनले लेखेका हुन् । १२ मिनेटको उक्त सर्टफिल्मका कीर्तिपुरको ऐतिहासिक र धार्मिक सम्पदा बाघभैरव (आजुद्यः) उत्पतिको विषय समावेश छ । सर्टमूभिमा कलाकारहरु अमन महर्जन, सरिता वज्राचार्य, राजेन्द्र महर्जन ‘राजी’, विनेश श्रेष्ठ, बालकलाकारहरु लूनिभाः खड्गी, सिम्रिक श्रेष्ठ र आज्ञाश्री महर्जनले अभिनय गरेका छन् । फिल्ममा प्रदीप खड्गीले भिएफएक्स र एनिमेसन गरेका हुन् । प्रतियोगिताका लागि नेवाः युट्युबले दुईवटा सर्टफिल्म निर्माण गर्ने घोषणा गरेको भए पनि प्राविधिक कारणले एउटा मात्र सर्टफिल्म निर्माण गरी बुझाएको हो । कीर्तिपुर नगरको परिचय प्रस्तुत हुने गरी त्यहाँको ऐतिहासिक, धार्मिक सम्पदा र संस्कारका विविध पक्ष समेटिएका सर्टफिल्महरुबीच उक्त प्रतियोगिता आयोजना भइरहेको छ ।
Categorized in सिनेमा