STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर नगरपालिकाद्वारा “कीर्तिपुर सिंगिङ आइडल ११४२” आयोजना गरिने, प्रतियोगितामा भाग लिन आह्वान

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ आश्विन ६, बुधबार

१५ देखि ३० वर्ष उमेर समूहका प्रतियोगीले भाग लिन पाउने । कार्तिक ३ गते अमासी पुन्हीसम्ममा गीतको भिडियो पठाउनु पर्ने ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा सांगितिक कार्यक्रम कीर्तिपुर नगरव्यापी गायन प्रतियोगिता ‘कीर्तिपुर सिङ्गिङ आइडल ११४२’ हुने भएको छ ।

उक्त ‘कीर्तिपुर सिङ्गिङ आइडल ११४२’ को आयोजना गर्ने जानकारी शनिबार नगरपालिकाको हलमा कीर्तिपुरका चर्चित संगीतकर्मीहरुसंगको छलफल कार्यक्रममा नगर प्रमुख रमेश महर्जनले घोेषणा गर्नुभएको थियो । उक्त बैठकबाट कीर्तिपुर सिंगिङ आइडल ११४२ आयोजना गर्नको लागि कीर्तिपुर नगरका चर्चित संगीतकर्मी हरिशरण साय्मिको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिमा कीर्तिपुरका लोकप्रिय संगीतकर्मीहरु गुज्ये मालाकार, ज्ञानेश्वर निभाः, तीर्थ माली, सतिश महर्जन, विश्व नेपाली, दीपा महर्जन, राजु महर्जन (कुतुम्ब)का साथ चर्चित साहित्यकर्मी रजनी मिला, संचारकर्मी ज्ञानकुमार महर्जन, ललेन्द्र शाक्य, नगरपालिकाका अनुज प्रधान रहनु भएको छ । कीर्तिपुर नगरपालिकाको १० वडाभित्रका स्थायी बसोबास गर्ने १५ वर्षदेखि ३० वर्ष उमेर समूहका लुकेका प्रतिभाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ कीर्तिपुर नगरव्यापी ‘कीर्तिपुर सिंगिङ आइडल ११४२’ गायन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिंदै नगर प्रमुख रमेश महर्जनले उक्त प्रतियोगिताबाट कीर्तिपुर क्षेत्रमा छरिएर रहेको लुकेका प्रतिभा कलाकारहरुमाथि न्याय हुने जानकारी दिनुभयो ।

उक्त कीर्तिपुर सिंगिङ आइडल ११४२ तीन चरणमा हुनेछ । पहिलो चरणमा अनलाइनमार्फत प्रतियोगीले विना इफेक्टस् गीतको वाइड स्क्रीन होराइजेन्टल भिडियो बनाई आयोजक कीर्तिपुर नगरपालिकालाई बुझाउनु पर्नेछ । दिग्गज निर्णायकहरुबाट पहिलो चरणमा सहभागी भएका प्रतियोगीमध्येबाट छनोट गरी दोस्रो चरणमा पु¥याइने छ ।

दोस्रो चरणमा म्यूजिक ट्रायक (कराओके)मा निर्णायक समक्ष प्रत्यक्ष रुपमा प्रतियोगीले गीत प्रस्तुत गर्नुपर्ने हुन्छ ।

त्यस्तै दोस्रो चरणमा पुग्न सफल प्रतियोगीले तेस्रो चरण अर्थात् ग्राण्ड फिनालेमा आर्केष्ट्रा म्यूजिकसहित लाईभ प्रस्तुति गर्नुपर्ने हुन्छ । उक्त ग्राण्ड फिनालेबाट ‘कीर्तिपुर सिंगिङ आइडल ११४२’को घोषणा हुने जानकारी बैठकबाट पारित गरिएको छ ।

उक्त बैठक पछि आयोजक कीर्तिपुर नगरपालिकाले असोज मसान्तभित्रमा प्रतियोगितामा भाग लिन इच्छुक नवप्रतिभा गायक गायिकाहरुलाई आफ्नो गीत अनलाइन मार्फत् नगरपालिकाको आधिकारिक ईमेल, म्यासेन्जर, भाइबरमा पठाउन आह्वान गरेको छ ।

बैठकले कीर्तिपुर सिंगिङ आइडल भाग लिन नेपालभाषा, खस नेपाली भाषा तथा तामाङ भाषालाई प्राथमिकता दिई प्रतियोगी कीर्तिपुर बासिन्दा हुनुपर्ने जानकारी दिएको छ । पहिलो चरणमा अनलाइन मार्फत सहभागी भएका नवप्रतिभा प्रतियोगीहरुबीच दोस्रो चरणमा छनौट गर्ने कार्य नेपाल संवत नयाँ वर्ष न्हूदँको अवसरमा गरिने जानकारी बैठकले पारित गरेको छ ।

आयोजक कीर्तिपुर नगरपालिकाले प्रतियोगीले आफ्नो गीतको भिडियो पठाउन निम्न ठेगाना दिइएको छ :

email : nagarsandes@gmail.com
Nagar Sandesh facebook Massenger
Viber : 9841353751  (Gyan Kumar) / 9860762800 (Lalendra)

प्रतियोगिताको नियम :

Categorized in साहित्य-कला