STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर क्षेत्रबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छु : मीमकुमार महर्जन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ आश्विन १८, आइतबार

"जुन व्यक्तिले निष्पक्ष र निःस्वार्थ ढंगबाट समाजको हित एवं विकासको निम्ति उदाहरणीय कार्य गर्छ, त्यो व्यक्तिलाई समाजले फेरि फेरि थपाथप उक्त कार्यको लागि उत्तराधिकारीको रुपमा चुनिन्छ" यो भनाइको उदाहरणको रुपमा इन्द्रायणी परिवार क्लबको साधारणसभामा अध्यक्ष पदको लागि भएको निर्वाचनमा फेरि अध्यक्ष पद सुरक्षित गर्न सफल अध्यक्ष मीमकुमार महर्जनले स्पष्ट गर्नुभएको छ ।

बि.सं. २०३५ सालमा स्थापित इन्द्रायणी परिवार क्लब कीर्तिपुर नगरपालिका २ वडास्थित द्यःध्वाखा टोलमा रहेको छ । उक्त क्लबमा धेरै पटक द्यःध्वाखा टोलका मीमकुमार महर्जन अध्यक्ष भइसक्नु भएको छ । 

२०७७ असोज १७ गते शनिबार कीर्तिपुरको २ वडास्थित माःक्वाचामा उक्त इन्द्रायणी परिवार क्लबको साधारण सभासंगै अध्यक्ष पदको निम्ति निर्वाचन भएको थियो । उक्त निर्वाचनमा क्लबले जागरुक सक्रिय नयाँ सोंचका युवापुस्ता पुराना अध्यक्ष मीमकुमार महर्जनलाई नै बहुमतबाट फेरि निर्वाचित गरी अध्यक्ष पदको जिम्मा दिइएको छ ।

कीर्तिपुर नगरभित्र हाल सक्रिय क्लबहरु मध्ये २ वडा द्यःध्वाखा टोलको इन्द्रायणी परिवार क्लब पनि अग्रपक्तिमा रहदै आइरहेको छ । विशेष रुपमा उक्त क्लबले खेलकुदलाई विशेष प्राथमिकता दिई खेलकुद क्षेत्रको विकास एवं खेलाडीहरुलाई प्रोत्साहन दिंदै अगाडी बढिरहेको छ ।

क्लबले निरन्तर रुपमा प्रत्येक वर्ष भलिबल, ब्याडमिन्टन प्रतियोगिता संगसंगै विभिन्न खेलकुदको आयोजना गर्दे खेलकुद क्षेत्रको विकास एवं कीर्तिपुर तथा कीर्तिपुर बाहिरको खेलाडीहरुलाई प्रोत्साहन दिंदै आइरहेको छ ।

इन्द्रायणी परिवार क्लबले खेलकुद क्षेत्रमा मात्र नभई विभिन्न समयमा सामाजिक जनचेतनामूलकका साथ सामाजिक परिवर्तन एवं हितका विभिन्न कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ ।

यस्तै, इन्द्रायणी परिवार क्लबले खेलकुद क्षेत्रलाई निरन्तरता दिदै जाने क्रममा खेलकुद हल नै निर्माण गरिरहेको छ । उक्त हलको सम्पूर्ण निर्माण कार्य यसे वर्ष सम्पन्न हुने जानकारी क्लबले दिएको छ ।

फेरि निर्वाचित हुनुभएका उक्त क्लबका अध्यक्ष मीमकुमार महर्जनले उक्त हलको निर्माण कार्य सम्पन्न भएपछि समस्त कीर्तिपुर बासिन्दाहरुको निम्ति खेलकुद हव अर्थात स्पोर्टस् हवको रुपमा विकास गर्ने विचार व्यक्त गर्नुभएको छ ।

अध्यक्ष महर्जनले कीर्तिपुर क्षेत्रका ससाना बच्चादेखि युवावर्गलाई लक्षित गर्दै विभिन्न खेलकुदको तालिम केन्द्र स्थापना गरी इन्द्रायणी परिवार क्लब अगाडि बढ्ने योजना भएको जानकारी दिदै कीर्तिपुर क्षेत्रबाट विभिन्न खेलकुदमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने नै इन्द्रायणी परिवार क्लबको लक्ष्य रहेको र यो लक्ष्य साकार पार्नको निम्ति क्लबका सदस्यदेखि समस्त कीर्तिपुर नगरका खेलप्रेमी जनसमुदायहरुको सहयोगको आवश्यकता भएको विचार पनि पोख्नु भएको छ ।

वास्तवमा मीम कुमार महर्जन अध्यक्ष भई क्लबमा आउनु भएपछि निरन्तर रुपमा विभिन्न खेलकुद क्षेत्रका गतिविधिहरु संचालन भइरहेको एवं अब कीर्तिपुर क्षेत्रबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने क्लबको लक्ष्य पनि अवश्य पूरा हुनेछ भनी क्लबका सदस्यहरुले जानकारी दिएका छन् ।

Categorized in उपत्यका