STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरमा हालसम्म ३८ जनामा संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ८, सोमबार

कीर्तिपुर – कीर्तिपुरमा आजसम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा २ का अध्यक्ष एवं संस्कृति सम्पदा पर्यटन विभागका प्रमुख रमेशमान डंगोलले जनाएअनुसार कीर्तिपुरका १० वटै वडामा सोमबारभित्र सो संख्यामा संक्रमित देखिएको हो । डंगोलले दिनुभएको जानकारीअनुसार १ वडामा ५ स्थानीय र ३ जना बाहिरका, २ वडामा ३ जना स्थानीयसहित ५ जना संक्रमित रहेका छन् । सो वडामा २ जना संक्रमित निको भइसकेका छन् । यसैगरी ३ र ८ वडामा हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् । ४ वडामा ६ स्थानीयसहित ८ जना, ५ वडामा २ जना स्थानीयसहित ४ जना, ६ वडामा ३ जना स्थानीयसहित ८ जना, ७ वडामा बाहिरका एकजना संक्रमित भेटिएका छन् । यसैगरी, ९ वडामा एकजना स्थानीयसहित २ जना र १० वडामा एकजना स्थानीयसहित २ जना संक्रमित भेटिएका छन् । डंगोलले दिनुभएको जानकारीअनुसार नगरपालिकाको क्वारेन्टाइनमा अहिलेसम्म १ सय ३ जना रहेका छन् भने संक्रमितहरुलाई नगरपालिकाको क्वारेन्टाइनलगायत विभिन्न अस्पतालमा राखिएका छन् ।
Categorized in उपत्यका