STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरमा भएको खोखो प्रतियोगितामा आर्मी प्रथम

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ चैत्र २७, आइतबार

नेपाल खोखो संघको आयोजनामा भएको छैठौं राष्ट्रिय पुरुष खोखो प्रतियोगिता सम्पन्न भएको छ । 

कीर्तिपुर १० वडास्थित कीर्तिपुर बास्केटबल कभर्ड हलमा भएको उक्त प्रतियोगितामा विभागीय टीम नेपाल आर्मी प्रथम भएको छ भने लुम्बिनी प्रदेश द्वितीय र बागमती प्रदेश तृतीय भएका छन् ।

यस्तै प्रतियोगितामा आर्मी र लुम्बिनीका दुईजना खेलाडीहरु उत्कृष्ट खेलाडीको सम्मानबाट सम्मानित भएका थिए ।

चैत्र २४ गतेदेखि संचालित तीनदिने उक्त प्रतियोगिता चैत्र २६ गते शनिबार सम्पन्न भएको हो । अन्तिम फाइनल खेल पश्चात् एक समारोहका बीच प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा नेपाल खोखो संघका कार्यबाहक अध्यक्ष प्रदीप महर्जनले सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद अर्पण गरी खेलाडीहरुलाई प्रोत्साहन स्वरुप प्रतियोगिता संचालन भएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले खेलाडीहरुलाई सम्मान एवं प्रमाणपत्र र शिल्ड कप हस्तान्तरण गरेका थिए । 

Categorized in खेलकुद