STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरका वरिष्ठ गुरु महर्जनको निधन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ कार्तिक २४, सोमबार

कीर्तिपुर १० वडा चिथुत्वाः (तःननि)का वरिष्ठ गुरु कृष्ण महर्जनको आइतबार राति निधन भएको छ ।

कुनै रोग नदेखे पनि अकस्मात सन्चो नभएपछि उहाँलाई राति नै अस्पताल लान एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्स पुगे पनि अस्पताल लान नपाउँदै घरमै उहाँको निधन भएको हो ।

तःननि दाफा भजनका गुरुसमेत रहेका महर्जन गीत गुरुको रुपमा पनि प्रख्यात छन् । दशैंको दशमीको दिन निकालिने देवी नाचको पनि उहाँ गीत गुरु हुनुहुन्थ्यो । साथै उहाँ बाँसुरी गुरु पनि हुनुहुन्थ्यो । विभिन्न टोलमा बाँसुरी गुरु भई नेवार संस्कृति जीवित राख्ने व्यक्तित्वको रुपमा महर्जन प्रख्यात हुनुहुन्थ्यो ।

गुरु महर्जनको अन्तिम संस्कार आज सोमबार कीर्तिपुरको दीखु दिपमा गरिएको छ । उहाँको अन्तिम संस्कार अघि काहाँ, नायःखिं बाजाको साथै धिमे बाजा बजाएर मलामी लगिएको थियो ।

दिवंगत महर्जनको जहान, दुई छोरा र एकजना छोरी रहेका छन् ।

 

Categorized in व्यक्तित्व