किस्टमा थप एकजनाकाे काेराेनाबाट मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार
काठमाडौं – ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । यसअघि साेही अस्पतालमा टेकुकी एक वृद्धाकाे काेराेनाबाट मृत्यु भएकाे हाे ।
बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे ५ ।
दम तथा मुटु रोगी ती वृद्ध गत साउन २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। आज बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजेमात्र आएको हो।
Categorized in उपत्यका