STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काेपा अमेरिकाकाे फाइनलमा ब्राजिल र अर्जेन्टिना

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ २३, बुधबार

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ ।

आज बिहान भएको सेमिफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा हराउँदै लियोनल मेसीप्रेरित अर्जेन्टिनाले उपाधि भिडन्त निश्चित गरेको हो ।

अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन गोलकिपर इमिलियानो मार्टिनेज नायक बने । दुवै टिमले निर्धारित अनि अतिरिक्त समयमा १-१ गाेलभन्दा बेसी हान्न नसकेपछि खेल पेनाल्टीमा पुगेकाे थियाे ।

तर, पेनाल्टीमा अर्जेन्टिनी किपर काेलम्बियाका खेलाडीका लागि भारी बने । मार्टिनेजले तीन प्रहार जाेगाएसँगै अर्जेन्टिनाले कोलम्बियामाथि ३–२ काे जित नकालेकाे हाे ।

पेरुलाई १–० ले हराउँदै साविक विजेता ब्राजिल यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल ११ जुलाईमा हुने छ ।

Categorized in खेलकुद