STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कालजयी स्रष्टा राजेन्द्र सुवेदी जन्मजयन्ती सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २०, शनिबार

नेपाली वाङमय क्षेत्रका धरोहर कालजयी स्रष्टा राजेन्द्र सुवेदी को ८१ औं जन्मजयन्ती कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । साहित्यकार जिवेन्द्रदेव गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सांसद सुवासचन्द्र नेम्वाङले सुवेदीका " छानिएका भूमिका ” सङ्ग्रह पुस्तकको लोकार्पण गर्नु भयो । साथै सांसद नेम्वाङले वरिष्ठ कलाकार के. के. कर्माचार्यले बनाउनु भएको सुवेदीको मुहार चित्रको पनि सार्वजनिक गर्नु भएको थियो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुवेदी र समालोचक ज्ञानु पाण्डेले राजेन्द्र सुवेदीको बारेमा आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सुवेदीका नातिनीसहित अन्य कविहरुले सुवेदीका कविताहरु वाचन गर्नु भएको थियो । 

समालोचक रमेश शुभेच्छुकले स्वागत गर्नु भएको सो कार्यक्रममा " दूश्यबिम्बमा राजेन्द्र सुवेदी” डकुमेन्ट्रीको प्रदर्शन पनि गरिएको थियो ।

Categorized in साहित्य-कला