STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कारभित्र मृत भेटिएका तीन बालकको सनाखत

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

तुलसीपुरमा पार्किङ गरिराखिएको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका तीन बालकको सनाखत भएको छ ।

तीनै बालक तुलसीपुरकै रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृतकहरू तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप, सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण र कृष्ण परियारका ६ वर्षका छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।

वैशाख १६ देखि हराइरहेका ती बालक तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको आरजे (१सीसी) ८८५ नम्बरको भारतीय कारभित्र शनिबार राति मृत फेला परेका थिए ।

घटनामा संलग्न आशंकामा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–६ शान्तिनगरका यादवप्रसाद गैरेलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ टोली आइपुगेको छ ।

कार उक्त स्थानमा लामो समयदेखि पार्किङ गरिराखिएको डीएसपी सिंहले बताए ।

Categorized in अपराध-दुर्घटना