relans
ni new 83
nib 2082 5

कारगीलमा ज्यान गुमाएका नेपालीको नाममा गुरुकूल

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १७, शुक्रबार

झापाको मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगीलमा ज्यान गुमाएका दुई नेपालीको स्मृतिमा गुरुकूल सञ्चालन गरिएको छ । युद्धमा ज्यान गुमाएका सोही स्थानका सुरेशकुमार क्षेत्री ९थापा० र उहाँकै दाजु महेश क्षेत्री ९थापा० को स्मृतिमा रु एक करोड १० लाखमा श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकूल सञ्चालन गरिएको हो । उहाँहरु दुवैले सन् १९९९ जुलाई ७ तारिखका दिन कारगील युद्घमा ज्यान गुमाउनुभएको थियो । उहाँहरुकै स्मृतिमा थापा परिवारले स्थानीय सुभद्रा राईले निःशुल्क दिनुभएको रु ४८ लाख मूल्यको १६ कट्ठामा गुरुकूल सञ्चालनमा ल्याइएको थापा परिवारका सदस्य रामहरिले बताउनुभयो । गुरुकूल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मल्लले गुरुकूलमा योग शिक्षा, वेद, गीता, कर्मकाण्ड पढाइ हुनेछ । यसलाई भविष्यमा शहीद स्मारक जडीबुटी उद्यान बनाउने योजना छ । उहाँले भन्नुभयो, “गुरुकूलमा विनाभेदभाव, सबै जातजाति, वर्ग समुदायका बटुकलाई भर्ना लिइ शिक्षा दिएर नेपालकै उदारहणीय बनाउँछौँ ।” उहाँले स्थानीय प्रेमलाल न्यौपानेलेसमेत गुरुकूलका लागि थप एक बिघा जग्गा निःशुल्क प्रदान गरेको बताउनुभयो । गुरुकूलको उद्घाटन मेचीनगरका नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले श्री पञ्चमीमा गर्नुभएको थियो । उहाँहरु दुवैले गुरुकूलको संरक्षण तथा सम्वद्र्धन गर्नु नगरको दायित्व भएको बताउँदै कुनै अभाव र समस्या आउन नदिने धारणा व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय
ppp 2